तनहुँ १ मा स्वर्णिम वाग्लेले गरे मनोनयन दर्ता

काठमाण्डु टुडे २०७९ चैत २० गते १६:१० मा प्रकाशित

काठमाण्डु,२० चैत– तनहुँ १ मा आगमी १० वैशाखमा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फीबाट डा. स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् ।

उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् । कांग्रेसका पूर्व जिल्ला सचिव बाँस्तोला मनोनयनअघि मात्र रास्वपामा प्रवेश गरेका थिए । रुपक घिमिरे भने रास्वपाबाटै उम्मेदवारको आकांक्षी रहेका थिए ।

मनोनयनदर्तामा समर्थन जनाउँदै रास्वपाका सभापति रवि लामिछाने पनि तनहुँ पुगेका छन । उनी आज सोमबार बिहान चितवन २ मा आफ्नो उम्मेदवारी दर्ता गरेर तनहुँ आइपुगेका हुन् ।

१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय रहेको छ । यहाँ नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us