
दोलखा,१८ चैत– दोलखाको भिमेश्वर नगरपालिका–६ मा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मूत्यु हुनेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका घर भई हाल भीमेश्वर नगरपालिका ६ स्थित चोथाङमा बस्दै आएका चालक २० वर्षीय राजु मगर रहेका छन ।
आज बिहान काठमाण्डुतर्फ जाँदै गरेको बा ४ ख ९७५ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा ९४ प ३२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेपलाञ्चोकको मगरको मृत्यु भएको प्रहरीले बताएको छ ।
मगरको उपचारका क्रममा चरिकोट च्छोरोल्पा जनरल अस्पतालमा मृत्यु भएको दोलखा प्रहरीले जानाको दिइएको छ भने मोटरसाइकलमा सवार धनुषा घर भई हाल दोलखा सदरमुकाम चरिकोटस्थित सातदोबाटो बस्दै आएका अविशेक शाह घाइते भएको प्रहरीले बताएको छ ।
घाइते शाहको च्छ्योल्पा जनरल अस्पताल चरिकोट मा उपचार भइरहेको पनि बताएका छन ।