सुमो दुर्घटना अपडेट, थप एकको मृत्यु

काठमाण्डु टुडे २०७९ चैत १८ गते १०:०९ मा प्रकाशित

नुवाकोट, १८ चैत– नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाण्डुमा उपचार भइरहेको छ । बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाण्डु जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा गए राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार काठमाण्डु ट्रमा सेन्टरमा उपचारका क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो । घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो । घाइते दशमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us