
पाँचथर, १८ चैत– पाँचथरमा भएको कार दुर्घटनामा किशोरीको मृत्यु भएको छ ।
ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी फर्कने क्रममा प्र–१–०१–००१ च ९३४९ नम्बरको कार दुर्घटना हुँदा मेचीमार्गअन्तर्गत फिदिमको कान्छी दोकानमा दुर्घटना हुँदा झापा बिर्तामोड–१ की १८ वर्षीया रश्मी भुजेलको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
घाइते सबैको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतक र घाइते सबै एकै परिवारका हुन् ।
कार सडकदेखि २ सय मिटर तल खसेको छ ।