ट्राफिकद्वारा ३९ लाख राजस्व सङ्कलन

काठमाण्डु टुडे २०७१ साउन ७ गते ६:२७ मा प्रकाशित

गौशाला, ७ साउन – जिल्ला ट्राफिक कार्यालय महोत्तरीले आर्थिक वर्ष २०७०–७१ मा ३९ लाख राजस्व सङ्कलन गरेको छ ।

ट्राफिक कार्यालयले जिल्लाको बर्दिवासस्थित मुख्य कार्यालय, सदरमुकाम जलेश्वरस्थित ट्राफिक कार्यालय र विभिन्न ठाउँमा गरिएको सवारी जाँचबाट कुल ३९ लाख ४० हजार ५० राजस्व सङ्कलन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो क्रममा ट्राफिक प्रहरीले १४ हजार १३१ सवारीसाधनलाई जरिवाना गरेर ३८ लाख ५१ हजार ५० असुली गरेको छ भने लागु औषध सेवन गरी सवारी चलाउने ८९ जनाबाट जरिवाना स्वरुप रु ८९ हजार राजस्व सङ्कलन गरेको प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए ।

गतवर्षको तुलनामा यस वर्ष १५ लाख ४० हजार २५० बढी राजस्व सङ्कलन गर्न सफल भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us