आमाछोरा मिलेर रेशमको हत्या

काठमाण्डु टुडे २०७९ चैत १५ गते ८:२० मा प्रकाशित

दाङ, १५ चैत– दाङको बंगलाचुली गाउँपालिका–२ मर्फेसमा एक जनाको हत्या भएको छ ।

मंगलबार बेलुकी करिब ८ बजे ४२ वर्षीय रेशम सुनारको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ३२ वर्षीया चन्द्रा सुनार र १७ वर्षीय शिवराज सुनारले कोदालो प्रहार गरी रेशमको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चन्द्रा रेशमकी श्रीमती हुन् भने शिवराज जेठा छोरा हुन् । घरायसी विवादमा आमाछोरा मिलेर रेशमको हत्या गरेको देखिएको दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।

घटनाबारे स्थानीय बासिन्दाबाट खबर पाएपछि राती ११ बजे घटनास्थल पुगेको प्रहरीले मृतककी श्रीमती चन्द्रालाई घरबाटै पक्राउ गरेको थियो । बाबुको हत्या गरेपछि घरबाट भागेका शिवराजलाई
पनि प्रहरीले मध्यराति पक्राउ गरेको छ ।

मृतक रेशमको शव पोस्टमर्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us