
काठमाण्डु, ८ चैत– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताएका छन ।
आज (बुधबार) नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल सँगको भेटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन । उनले निर्माण व्यवसायीहरूलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
उनले मुलुकमा विकासको ठूलो सम्भावना रहेको बताउँदै त्यसका लागि सबै मिलेर काम गर्नु बताएका छन । उनले भने, ‘अब हामीलाई पछाडि फर्कने छुट छैन, सबैको सहकार्यमा नेपाललाई समृद्धि बनाउनै पर्छ’ ।
उनले नेपालका निर्माण व्यवसायीहरूको समस्याहरूबारे आफू जानकार रहेको स्पष्ट पार्दै आफूले सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्नपर्ने बताएका छन ।