
काठमाण्डु ,२८ फागुन- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री बन्ने दौडमा नरहेको बताएका छन्।
आइतबार आयोजीत एक कार्यक्रमा उनले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै आफू आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने बताएका हुन् ।
थापाले आफूले मन्त्री होइन, प्रधानमन्त्रीका लागि तयारी गरेको बताए ।प्रधानमन्त्री बन्ने तयारीका साथ संसदीय दलको नेताको चुनाव लडे पनि नसकेको भन्दै उनलेअघि भने, ‘म मन्त्री बन्ने लाइनमा छैन । महामन्त्री थापाले सरकारसँग ५ वर्षमा जनताको भरोसा रहन्छ की रहँदैन भन्ने सोचेर काम गर्नुपर्ने बताए।
उनले राजनीतिक दलहरू खुसी हुँदैमा जनता खुसी हुन्छन् भन्ने भ्रम नपाल्न पनि आग्रह गरे । उनले सरकार बन्ने कुरा प्राथमिकतामा नराखी सरकारले जनतासमक्ष परिणाम दिन सक्नुपर्ने बताए ।