यमनमा डुङ्गा दुर्घटना, २१ जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ फागुन २४ गते १३:०७ मा प्रकाशित

एजेन्सी– यमनमा भएको डुँगा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको मूत्यु भएको छ । मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । यमनको उत्तरी रेड सीमा सो डुँगा दुर्घटना भएको हो ।

उक्त डुँगामा २७ जना यात्रु सवार थिए । ती यात्रुमध्ये २१ जनाको मूत्यु भएको प्रहरीले बताएको छ । उत्तरी यमनको नगर होदिदाह्नजिकैको समुद्रमा डुँगा डुबेको बताइएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि सो समाचारमा बताइएको छ ।

आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुँगा डुबेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र छ जना बालबालिका रहेका छन । डुँगा डुबेपछि उद्धारको कार्य गरिएको र छ जनालाई जीवितै उद्धार गरेर अस्पताल पुर्याइएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us