
काठमाण्डु,२३ फागुन– आठ दलीय गठबन्धनको कार्यदलको बैठक सिंहदरबारमा जारी छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजेदेखि बैठक जारी रहेको छ ।
बैठकाम कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा राष्ट्रपति निर्वाचनबारे छलफल जारी छ ।उक्त कार्यदलमा नेकपा माओवादी केन्द्रका तर्फबाट महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र जनमत पार्टीबाट अब्दुल खाँ रहेका छन्।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन्।
२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन् भने एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई अगाडि सारेको छ ।