
काठमाण्डु, २१ माघ– माओवादी केन्द्रले निवर्तमान सभामुख अग्नि सापकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले सापकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । सभामुख भएपछि दलीय आवद्धता छाड्नुपर्ने संवैधानिक प्रावधानअनुसार सापकोटाले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका थिए ।
सभामुखमा उनको कार्यकाल गत कात्तिकमा सकिएको थियो । सापकोटालाई पदाधिकारी बनाउने तयारी भएको एक माओवादी नेताले जानकारी दिए ।