
एजेन्सी- अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एसियाली सहरमा गोली चल्दा कम्तिमा पनि १० जनाको मृत्यु भएको छ।
भने अन्य १० जना घाइते समेत भएको बिबिसीले जनाएको छ। मोन्टेरी पार्कमा रहेको एक नृत्य स्थलमा स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका समयमा बन्दुकधारीले गोली चलाएको जनाएको छ।
घटना शनिबार राति सवा १० बजे भएको लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्रयू मेयर्सले बतायका छन। घटनाको खबर पाएपछि अधिकारीहरू त्यस स्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा थिए,’ उनले भने, ‘मोन्टेरी पार्क प्रहरी फायर डिपार्टमेन्टका अधिकारी घटनास्थलमा पुगेर घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएको थियो।
१० जना भने घटनास्थलमा मृत फेला परेका थिए।’ घटनाका आरोपी फरार छन्। उनलाई प्रहरी खोजिरहेको छ।