
काठमाण्डु,२ माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको भागवण्डा आजै टुंगिने बताएका छन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग लन्च मिटिङ सकाएर बाहिरिँदै गर्दा उनले मन्त्रिपरिषदको भागबण्डा आजै टुंगिने बताएका छन ।
उनले भने,‘मन्त्रिपरिषदको भागवण्डा कहिले टुंगिन्छ’ भन्ने प्रश्नमा , ‘आजै टुंगिन्छ ।’ सभामुख र राष्ट्रिपतिका बारेमा विश्वासको मत दिन सबै पार्टीसँग भोलि छलफल हुने बताएका छन ।