काठमाण्डुबाट आएका फरेन्सिक विज्ञले सुरु गरे पोस्टमार्टमको काम

काठमाण्डु टुडे २०७९ माघ २ गते १४:२८ मा प्रकाशित

काठमाण्डु,२ माघ– पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाण्डुबाट दुई जना फरेन्सिक विज्ञ पोखरा पुगेका छन ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा.समारिका दाहालले पोखरा आएर शवको परीक्षण सुरु गरेका छन ।

दुर्घटनामा मृत्यु भएकाको पहिचान तथा पोष्टमार्टमका लागि पोखरा र काठमाण्डुका विज्ञ चिकित्सक सहितको टिम बनाइएको र टिमले काम थालेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिएका छन ।

पोखरामा आफन्त भएका नागरिकको शवलाई प्रतिष्ठानमा पोष्टमार्टम गर्ने र अन्य चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाण्डु पठाउने तयारी गरीएको खत्रीले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us