आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइँदै

काठमाण्डु टुडे २०७९ माघ २ गते ९:०२ मा प्रकाशित

काठमाण्डु, २ माघ– पोखरामा हिजो भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति शोक व्यक्त गर्न सरकारले आज शोक बिदा दिएको छ ।

विमान दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आज एक दिन देशभर शोक बिदा दिने निर्णय गरेको थियो ।

यतिको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन् । सरकारको निर्णयअनुसार आज मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारसहित देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ ।
काठमाण्डुबाट पोखराका लागि उडेको यतिको विमान पोखराको सेती खोँचमा आइतबार दुर्घटनाग्रस्त भएको थियो । जहाजमा १५ विदेशीसहित ५३ नेपाली र चार चालक दलका सदस्य थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us