
काठमाण्डु, २९ पुस- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आज धरौटी रकम बुझाएर रिहा हुँदैछन्।
बिहीबार उच्च अदालत पाटनले केही सर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।यसअघी काठमाण्डु जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो। तर काठमाण्ड जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै उच्च अदालत पाटनले कागजी प्रक्रिया पुर्याकएर धरौटीमा छाड्न आदेशको हो।
क्रिकेटर लामिछाने सम्पुर्ण कागजी प्रक्रिया पुर्या एर शुक्रबार थुनामुक्त हुने भएका हुन्। उनको मानसिक अवस्था राम्रो नभएको, पीडितको बकपत्र भएकाले त्यसलाई दबाब दिन सक्ने अवस्था नभएको, सार्वजनिक शान्तिमा खतरा नभएको, भाग्न सक्ने अवस्था नभएको, पीडितलाई दबाब र प्रलोभनमा पार्न सक्ने अवस्था नभएको भन्दै धरौटीमा छाड्न आदेश दिएको हो।तर अदालतले उनलाई केही शर्त तोकेको छ।
मुद्दाको फैसला नभएसम्मका लागि सन्दीपलाई नेपाल बाहिर जानबाट रोक लगाइएको छ। काम विशेषका कारण सन्दीपले काठमाण्डु उपत्यका छोड्नु परे, छोड्नुअघि जिल्ला प्रहरी परिसर काठमाण्डुलाई सोबारे लिखित जानकारी दिनुपर्ने छ।
जाहेरीकर्ता, पीडित वा उनको परिवारको सदस्यको सम्बन्धमा वा विचाराधीन मुद्दाको विषयमा कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय वा सार्वजनिक सञ्चार माध्यम वा सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी वा धारणा व्यक्त गर्न तथा आफू वा आफू सम्बद्ध संस्था वा व्यक्तिहरूबाट जाहेरीकर्ता, पीडित वा उनको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्न रोक लगायको छ।
यस्तै पीडित वा उनको परिवारको सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाब दिने,कार्य सन्दीपले गर्न पाउने छैन्न। यी शर्तहरू उल्लंघन गरेको पाइएमा उनलाई फेरि थुनामा पठाइने आदेशमा उल्लेख छ। यस्तै यी शर्तको उल्लंघन भएको उजुरी पनि गर्न सकिने उल्लेख छ।