कैलालीबाट पेस्तोलसहित दुई जना पक्राउ

काठमाण्डु टुडे २०७९ पुष २८ गते ११:२६ मा प्रकाशित

काठमाण्डु,२८ पुस– प्रहरीले कैलालीबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमागौरीगंगा नगरपालिका–९ भगवानपुर बस्ने ३६ वर्षीय महेन्द्र देउवा र सोहि नगरपालिका–४ बस्ने राजीपुरका ३५ वर्षीय नरेन्द्र खडायत रहेका छन ।

देउवाको घरबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिएका छन ।

विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको उनले बताएका छन। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us