पेरुमा सरकार विरोधी प्रदर्शनमा एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या

काठमाण्डु टुडे २०७९ पुष २७ गते १७:२१ मा प्रकाशित

एजेन्सी – पेरुमा सरकार विरोधी प्रदर्शनमा प्रदर्शनकारीले एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरेका छन।

एक जना सहकर्मीका साथ गस्तीमा रहेका २९ वर्षीय जोसे लुइस सोनको क्विस्पेलाई सोमबार राति बोलिभिया र टिटिकाका तालको सिमानामा रहेको सहर जुलियाकामा भीडले आक्रमण गरेर उनीहरूको गाडीमा आगो लगाएको थियो ।

करिब तीन सय ५० जना आक्रमणकारीले आफूहरूमाथि आक्रमण गरेका सोनका सहकर्मी रोनाल्ड विलासान्टे टोकले बताएका छन् । प्रदर्शनले हिंसात्मक रूप लिँदै गएपछि गरिएको छ । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ४७ जना मारिएका छन् ।

प्रधानमन्त्री अल्बर्टो ओटारोलाले सोनकोको मृत्युको पुष्टि गर्दै सरकार प्रदर्शनकारीले उनीमाथि आक्रमण गरेका बताउनुभएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us