
काठमाण्डु ,२७ पुस -झापामा श्रीमानले लात्तीले हिर्काउँदा एक जना महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ९ खरबन्दी बस्ने ३६ वर्षीया प्रमिला भुजेल रहेकी छन। मंगलबार साँझ ६ बजेतिर खाना नपकाएको विषयमा श्रीमान -श्रीमतीबीच झगडा भयको र सोही क्रममा उनका ३५ वर्षीय श्रीमान विश्वराज घिसिङले पेटमा लात्तीले हिर्काएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले श्रीमान विश्वराजलाई पक्राउ गरेको छ।
उनीमाथि इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान अघि बढाएको बताएको छ।