
काठमाण्डु,२७ पुस– सुदूरपश्चिम प्रदेशमा सभामुखका लागि नेकपा (माओवादी केन्द्र)ले भीम भण्डारीलाई उम्मेदवार बनाएको छ । उनले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर रहेका छन । नेकपा एमाले र माओवादीसहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको थियो ।
सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि (बिहीबार) मतदान हुने छ ।