बिजुलीको तार तान्ने क्रममा भीरबाट खसेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष २७ गते १३:२७ मा प्रकाशित

काठमाण्डु,२७ पुस– रोल्पामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा पोवाङका ४२ वर्षका हिकलाल पुन रहेका छन ।

सुनछहरी गाउँपालिका–५ कालिहाङमा बिजुलीको तार तान्ने क्रममा मंगलबार भीरबाट खसेर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रोल्पामा राखिएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us