मोटरसाइकल पुलको रेलिङमा ठोकिँदा १ जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष २७ गते ११:०८ मा प्रकाशित

झापा,२७ पुस– झापामा अनियन्त्रित भएर पुलको रेलिङमा ठोकिएको मोटरसाइकल र अर्को मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

मूत्यु हुनेमा मेचीनगर नगरपालिका – १ बस्ने वर्ष ३३ का सुसाहाङ नेम्वाङ रहेका छन । मंगलबार साँझ मेचीनगर नगरपालिका– ७ निन्दा पुलस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे २ प ७०९२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको मे ५ प १९४३ नम्बरको मोटरसाइकलले आफै अनियन्त्रित भई पुलको रेलिङमा ठोकिँदा ठक्कर दिएको थियो ।

सो क्रममा मे २ प ७०९२ नम्बरको मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नम्बर १० बस्ने वर्ष ५३ का सूर्य नारायण चौधरी घाईते भएका थिए । उनको एन्जल मेडिकल धुलाबारीमा उपचार भई रहेको प्रहरीले जानकारी दिएका छन ।

दुर्घटना हुने दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ भने सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us