सांसदहरूको दस्तखतसहित मत विभाजनका आधारमा भोटिङ हुने

काठमाण्डु टुडे २०७९ पुष २६ गते १७:१८ मा प्रकाशित

काठमाण्डु,२६ पुस– प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमा मत विभाजनका आधारमा मतदान हुने भएको छ ।

ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रस्तावमाथिको छलफलपछि प्रधानमन्त्री प्रचण्डले उठेका प्रश्नको जवाफ दिएसँगै सांसदहरूको दस्तखतसहित मत विभाजनका लागि रुलिङ गरेका हुन ।

मत विभाजनका लागि संसद्मा पक्ष र विपक्षमा रहेका सांसदहरूलाई फरक फरक स्थान छुट्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us