संविधानको मर्म र भावनाअनुरुप नै अघि बढ्न प्रतिबद्ध छौं: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ पुष २६ गते १६:५४ मा प्रकाशित

काठमाण्डु,२६ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मर्म र भावनाअनुरुप नै अघि बढ्ने बताएका छन ।

विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि दलहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका दलहरु न्यूनमत साझा कार्यक्रमअनुसार एक ठाउँमा आएको पनि बतानएका छन ।

प्रतिनिधिसभा विघटन ठीक कि बेठिक भन्ने बहसतर्फ जान नचाहेको बताउँदै उनले संविधानको कार्यान्वयन गर्ने आफूहरुको प्रतिबद्धता भएको बताएका छन ।

उनले भने, ‘सदन विघटन सही थियो कि थिएन हाम्रो विषय होइन ।’ संविधान बनाउने क्रममा नै सदनलाई सर्वोपरि बनाउन सहमति भएको भन्दै उनले भने, ‘भोलि संविधान संशोधन गर्ने, नयाँ ठाउँमा पुर्याउने हुनसक्छ ।

संविधान संशोधन नहुँदासम्म त्यसको मर्म र भावनाअनुसार अघि बढ्न प्रतिबद्ध छौं । प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us