समता घरेलु लघुवित्त र स्वारोजगार लघुवित्त मर्जरमा जाने

काठमाण्डु टुडे २०७९ पुष १९ गते १२:५९ मा प्रकाशित

काठमाण्डु, १९ पुस- समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वारोजगार लघुवित्त वित्तीय संस्था गाभिने (मर्जरमा) जाने भएका छन् ।

१ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने गरी दुई संस्थाबीच मर्जरको सम्झौता भएको हो । पुस १८ मा दुई संस्थाबीच एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ ।

मर्जरपछि बन्ने संस्थाको नाम स्वरोजगार लघुवित्त रहने छ भने सञ्चालक समितिमा अध्यक्षसहित चार जना स्वरोजगार लघुवित्तबाट र तीन जना समता घरले लघुवित्तबाट रहने सहमति भएको छ।

यस्तै प्रमुख कार्यकारी अधिकृत भने समता घरेलु लघुवित्तका डा. मदन घिमिरे हुने सहमति भएको बतायको छ।हाल स्वरोजगार लघुवित्तको चुक्ता पुँजी ५१ करोड ४१ लाख र समता घरेलु लघुवित्तको चुक्ता पुँजी ३४ करोड २७ लाख रुपैयाँ रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us