संकटमा सतिसालझैँ उभिएकाको भावना विपरीत कुनै निर्णय हुँदैन: प्रदीव ज्ञवाली

काठमाण्डु टुडे २०७९ पुष १५ गते ११:१८ मा प्रकाशित

काठमाण्डु,१५ पुस– एमाले नेता प्रदीव ज्ञवालीले एकीकृत समाजवादी पुरानै घरमा फर्काउन पहल भइरहेको बेला यसको खण्डन गरेका छन् ।

नेता प्रदीप ज्ञवालीले फेसबुकमा लेखेका छन् ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित’ रहेको बताएका हुन् । ‘त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन्,’ ।

अध्यक्ष ओली निकट रहेका नेता प्रदीप ज्ञवालीले एमालेभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको बताएका छन ।

‘संकटका बेला सतिसालझैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन । इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन,’ उनले लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us