भारतीय प्रधानमन्त्री मोदीकी आमाको निधन

काठमाण्डु टुडे २०७९ पुष १५ गते ६:५१ मा प्रकाशित

काठमाण्डु, १५ पुस– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको निधन भएको छ ।

१ सय वर्षीया उनको अहमदाबादस्थित यूएन मेहता अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो । प्रधानमन्त्री मोदीले आमाको निधन भएको ट्वीटमार्फत जानकारी गराएका छन् । ट्वीट गर्दै मोदीले भगवानको चरणमा एक गौरवशाली शताब्दीको अन्त्य भएको उल्लेख गरेका छन् ।

उनले आमामा सधैं एक तपस्वी, निस्वार्थ कर्मयोगी र मूल्य मान्यताप्रति प्रतिबद्ध जीवनको त्रिमूर्ति देखेको बताए । आफ्नी आमालाई सयौं जन्मदिनका दिन भेटेका बेला उनले बुद्धिमानीपूर्वक काम गर्न र पवित्रताका साथ जीवन बिताउन भनेको सधैं सम्झिने उल्लेख गरे । मोदीले गत जेठमा मात्र आमाको १ सयऔं जन्मदिन मनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us