
काठमाण्डु,१४ पुस– पछिल्लो २४ घण्टामा देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८५८ जनाको नमुना पुष्टि गर्दा पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २७ पुगेको मन्त्रालयले बताएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १३ हजार ३३८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
कोरोना महामारी सुरु भएयता देशभर १२ हजार १९ जनाले मूत्यु भईसकेको छ ।