
काठमाण्डु,१४ पुस– मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
नेपालको संविधानको धारा १८२ को उपधारा ९५०, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान रहेको छ ।
एकीकृत समाजवादीका न्यौपाने ४ मंसिरमा भएको निर्वाचनमा सप्तरीको ४ को प्रदेश सभा १ बाट निर्वाचति भएका थिए ।