एमालेको बागमती प्रदेस संसदीय दलको नेतामा थपलिया चयन

काठमाण्डु टुडे २०७९ पुष १४ गते १३:३२ मा प्रकाशित

काठमाण्डु,१४ पुस– एमालेले बागमती प्रदेसको संसदीय दलको नेतामा जेएन थपलियालाई चयन गरेको छ । एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज बिहिबार बसेको बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

थपलिया चितवन १ को प्रदेश सभा १ बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । एमालेको केन्द्रीय सदस्य रहेका थपलिया पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार समेत रहेका थिए ।

बागमती प्रदेश सभामा एमालेले प्रत्यक्षतर्फ निर्वाचित १३ जना र समानुपातिकतर्फ १४ जना गरि २७ जना सांसद छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us