बलात्कार गरेको आरोपमा एकजना युवक पक्राउ

काठमाण्डु टुडे २०७९ पुष ५ गते १६:२६ मा प्रकाशित

काठमाण्डु,५ पुस– प्रहरीले बलात्कार गरेको आरोपमा भक्तपुरबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–६ घर भएका २९ वर्षीय महमद आरिफ शेख रहेका छन् ।

उनले सूर्यविनायक नगरपालिका–४ मोर्डन चोक बस्ने शेखले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ । आरोपीलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएको छ ।

किशोरीलाई शेखले सूर्यविनायक नगरपालिका–४ मोर्डन चोकमा लगेर आइतबार राति जबरजस्ती करणी गरेको सूचनापछि प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us