टिपरको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु

काठमाण्डु टुडे २०७९ पुष ५ गते १६:१४ मा प्रकाशित

सप्तरी,५ पुस– सप्तरी रूपनी गाउँपालिमा विधुत प्राधिकरण कार्यालयनजिक टिपरले ठक्कर दिँदा एक बालिकाको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा रूपनी गाउँपालिका–१ का शिवशंकर यादवकी छोरी रीता यादव छिन् । उनलाई घरबाट साइकलमा मावि नकटी रायपुर विद्यालय साइकलमा आउने क्रममा टिफरले ठक्कर दिएको स्थानीयको बताएका छन ।

बालिकाको मृत्यु भएपछि विद्यालयका विद्यार्थी आन्दोलनमा उत्रीएका छन । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । राजमार्ग अवरुद्ध भएपछि अवस्था तनावग्रस्त रहेको र आन्दोलन जारी रहेको स्थानीयले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us