नेपाललाई अस्थिरताको भुमरीमा फसाउनका लागि प्रादेशिक संरचनाको विरोध हुने गरेको छ: शंकर पोखरेल

काठमाण्डु टुडे २०७९ पुष ४ गते १४:२० मा प्रकाशित

काठमाण्डु,४ पुस– एमाले महासचिव शंकर पोखरेलले नेपाललाई अस्थिरताको भुमरीमा फसाउनका लागि प्रादेशिक संरचनाको विरोध हुने गरेको बताएका छन् ।

सोमवार काठमाण्डुमा आयोजित नगरपालिका संघको ८ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

पोखरेलले प्रादेशिक संरचनाको विरोध गर्नु देशलाई अस्थिरताको भुमरीमा फसाउने प्रयोगशाला बनाउने खेती भएको बताएका छन ।

उनले भने, ‘आज फेरि अर्को बहस के गर्न खोजिदैछ भने दुई तह भए पुग्छ प्रदेश चाहिँदैन भन्ने प्रकारको बहस चलाउन खोजिएको छ । कतै तपाईहरुलाई पनि यो त राम्रै हो कि जस्तो लागेको पनि हुनसक्छ ।

म तपाईहरुलाई के भन्छु भने कुन त्यस्तो मुलुक छ जहाँ राज्य र प्रदेश नभइकन शासन भएको छ , एकात्मक मुलुकमा जानुहोस् ।

प्रदेश बिनाको, राज्य बिनाको एकात्मक मुलुक छ रु के चीनमा राज्य छैन रु ब्रिटेनमा राज्य छैन ? जुन एकात्मक राज्य हुन् । जहाँ संघीयता छैन । त्यहाँ पनि राज्य छन् त । प्रदेशहरू छन् त ।

संघीयताका मुलुकहरूमा त झन् प्रदेश अनिवार्य छन् ।’ यो प्रदेश नभए पनि हुन्छ भन्ने प्रकारको मान्यता कस्तो प्रकारको दिमागी उपज हो ?  के हामीले बनाएको संविधान गलत छ भन्ने कुरा स्थापित गर्नका लागि खेलेको खेती त होइन ? हामीले जुन प्रकारको तहगत संरचना गरेका छौँ ? त्यो संघीयताको विशिष्ट मोडेल हो ।

हरेक प्रकारका शासन प्रणालीमा तीन तहको ढाँचा हुन्छ । चाहे संघीयता होस् । चाहे एकात्मकता होस् । सबै ठाउँमा तीन तह हुन्छ भन्ने कुरालाई नबुझीकन कहिले के कुराको बहस गरेको छ, कहिले के कुराको बहस गरेको छ, कहिले संघीयतामा प्रदेश र संघ भए पुग्छ भनेको छ,’ उनले प्रशासनिक नेतृत्व परम्परावादी भएको बताउनु भयो ।

काठमाण्डु केन्द्रित प्रशासनिक मानसिकता नै संघीयता कार्यान्वयनको समस्या भएको उनले बताएका छन । उनले भने, ‘मूलतः नेपालको प्रशासनिक नेतृत्व सबभन्दा ज्यादा कन्जर्भेटिभ भयो भन्ने लाग्छ ।

हामी राजनीतिक नेतृत्वको सन्दर्भका बारेमा धेरै बहस गर्ने गर्छौँ । प्रशासनिक नेतृत्व नै संघीयतालाई संविधानको भाषामा संघीयता कार्यान्वयन गर्न मानसिक रूपमा तयार नै नभएका कारणले आज यो समस्या पैदा भएको हो ।

उनले खास गरी काठमाण्डुमा केन्द्रित प्रशासनिक मानसिकता संघीयताको कार्यान्वयनको सबभन्दा ठुलो समस्या हो भन्ने कुरालाई बुझ्यौ भने स्वाभाविक रूपमा त्यो सिंहदरबार केन्द्रित भनौँ अथवा जे भन्नुहुन्छ, त्यो मानसिकतालाई बदल्न सकियो भने मात्रै हाम्रो संविधान पर्फेक्ट रूपमा लागू हुनसक्छ भन्ने कुरालाई बुझ्नु जरुरी छ ।’

उनले सहरिया मध्यम वर्गका कारण मुलुकमा अस्थिरता निम्तिन लागेको बताएका छन । उनले हरेक चुनावमा नयाँ नयाँ प्रयोग गरेर राष्ट्र बनाउन नसकिने जिकिर गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us