
काठमाण्डु,२९ मंसिर– नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनाउन खोज्नु राष्ट्रियताप्रति प्रतिकूल हुने बताएका छन ।
उनले अहिले नै राष्ट्रपतिको निर्वाचन गर्ने बेला भई नसकेकाले छलफल गर्नु समेत सान्दर्भिक नहुने बताएका छन । उनले भने, ‘राष्ट्रपतिको निर्वाचन गर्ने समय नभएकाले छलफल गर्नु सान्दर्भिक हुँदैन ।
अहिले मुलुकमा राष्ट्रियताकै संकट हो । राष्ट्रियताको रक्षा गर्दै मुलुकको रक्षा गर्ने विचारले हो । विचारकै आधारमा पार्टी चल्छ । मुलुकको रक्षा गर्ने अभिभारा वैचारिक रुपमा राजनीतिक पार्टीहरूले हो’ ।
राजनीतिक पृष्ठभूमि नभएर गैर राजनीतिक खालको कुरा उठेको छ । यस्तो गर्न खोज्नु राष्ट्रियता प्रतिकूलको धारणा हो , उनले भने ।’ गैर राजनीतिक पृष्ठभूमिको व्यक्तिलाई राष्ट्रपति बनाउन खोज्नु राष्ट्रियतामाथि खेलवाड हुने उनले बताएका छन ।