
काठमाण्डु,२७ मंसिर– काठमाण्डुको कुलेश्वरमा हाइस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मूत्यु हुनेमा मोटरसाइकल चालक नागार्जुन नगरपालिका ४ का २२ वर्षीय रविन लामा रहेका छन । मंगलबार बिहान भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक लामाको मृत्यु भएको प्रहरीले बताएको छ ।
यस्तै घाइते हुनेमा मोटरसाइकलको पछाडि सवार २१ वर्षीय सुशील बम्जन रहेका छन् । घाइते बम्जनको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ ।
हाइस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ ।