
काठमाण्डु,१४ मंसिर– मकवानपुरको बकैया–३मा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवाको मूत्यु भएको छ । मूत्यु हुनेमा श्रीपुरका ३० वर्षीय श्याम लामा रहेका छन ।
मंगलबार राति हात्तिसुढेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २ ०३ ०१८ प २५५७ नम्वरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका लामाको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।