
एजेन्सी–पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा हीजो बिहीबार राति एउटा यात्रुबाहक भ्यान सडकबाट केही तल पानीको खाल्डोमा खस्दा २० जनाको मृत्यु भएको छ ।
घटनामा परि १३ जना घाइते भएका छन् । प्रान्तको सेहवान क्षेत्रमा भ्यान मुख्य राजमार्गबाट चिप्लिएर दुर्घटना हुन पुगेको थियो ।
बाढीको समयमा राजमार्ग बन्द रहेको थियो र हालसालै यस क्षेत्रबाट बाढीको पानी घट्न थालेपछि यातायातका लागि खोलिएको प्रहरीले जनाएको छ ।
महिला र बालबालिकासहित घाइतेलाई नजिकैको अस्पतालमा लगिएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।