इण्डियाको भारतीय साझेदार विच्किएको छ । एयर एशियाको भारतीय साझेदार टेलिस्ट्रा ट्रेड प्लेसका प्रमुख अरुण भाटियाले सिंगापुर एयरलाइन्ससँग शुक्रवार टाटा समूहले गरेको सम्झौता व्यवसायिक आचारसहिंता विपरित भएको बताए । उनले यो निर्णय सुनेर आफू आश्चर्यचकित भएको समेत बताए ।एयर एशिया इण्डियामा टाटा समूहको ३० प्रतिशत, भाटियाको २१ प्रतिशत र एयर एशिया मलेसियाको ४९ प्रतिशत हिस्सेदारी राखेर बजेट एयरलाइन्स सुरु गर्ने निर्णय भएको थियो । यो विमान कम्पनी आगामी केही महिनामा सञ्चालनमा आउने तयारीमा छ । भाटियाले टाटाले सिंगापुर एयरलाइन्ससँग गर्न लागेको साझेदारी आफूलाई गुमराहमा राखेर गरिएको बताए, यस विषयमा टाटाले मलाई जानकारी दिनुपर्दथ्यो, उनले भने । एकै पटकमा एकै क्षेत्रमा दुई वटा संयुक्त लगानीमा काम गर्नु व्यवसायिक मर्यादा विपरित भएको समेत उनले बताए । उनीहरुले दुई विमान कम्पनीको व्यवासायिक हिसाव किताव कसरी गोप्य राख्न सक्छन् र मुनाफा कमाउन सक्छन् भन्दै प्रश्न समेत गरे ।बिजमाण्डु डटकमबाट