
काठमाण्डु, २४ असार – भारतमा सोमबार प्रस्तुत भएको रेल–वे बजेटमा भारतीय जनता पार्टी र तृणमुल काँग्रेसका सांसदबीच दोहोरो झडप भएको छ ।
महङ्गीको विषयमा विवाद भएपछि दुई पार्टीका सांसदले लाजमर्दो ढङ्गले झगडा गरेका हुन् । एकअर्कालाई गालीगलौज र ज्यानमार्ने धम्कीसमेत दिएका छन् ।
तृणमूल काँग्रेसका महिला सांसदले भाजपाका सांसदलाई गलत आरोप लगाएपछि सांसल भवन रणममैदानमा परिणत भएको थियो ।
तृणमूल काँग्रेसकी सांसद काकोली घोषले भाजपाका दुई सांसदले जिस्काएको आरोप लागाएकी छिन् । अर्की सांसद शताब्दी रायले हामीले शान्तीपूर्ण विरोध गर्दा हमला र धम्की दिएको बताएकी छिन् । उनीहरुको अनुमान अनुसार ती सांसदले रक्सी पिएर आएको शंका गरेका छन् ।
तर भाजपाका सांसदले तृणमूल काँग्रेसका सांसदले मुक्कामुक्की गर्न सुरु गरेको दोष लगाएका छन् ।
उनीहरुले प्रधानमन्त्रीविरुद्ध नारावाजी गरिरहेका थिए । उनीहरुले सांसदमा विपक्षी दलको नेता पाउनका लागि यो हंगामा गरेको भाजपाको दावी छ ।