
बेइजिङ, २३ असार – चिनियाँ राष्ट्रपति सि जिनपिङले यसै महिना चारवटा ल्याटिन अमेरिकी देशको भ्रमण गर्ने भएका छन् ।
उनले चार ल्याटिन अमेरिकी देश ब्राजिल, अर्जेन्टिना, भेनेजुयला र क्युबाको भ्रमण गर्न लाग्नुभएको चिनियाँ सरकारी समाचार समिति, सिन्ह्वाले सोमबार जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयलाई उद्धृत गर्दै सो समाचार समितिले दिएको जानकारी अनुसार उनको सो भ्रमण यही जुलाई महिनाको १७ तारिखबाट सुरु हुनेछ ।
उनी ब्रिक्स राष्ट्रहरुको सम्मेलनमा पनि सहभागी हुनुहुने छ । सो सम्मेलनका क्रममा उहाँले ब्रिक्स तथा क्यारेबियन राष्ट्रका नेतासँग पनि भेटवार्ता गर्ने बताएको छ । सिन्ह्वा