कंगारुको हमला बाट एक वृद्धको मृत्यु

काठमाण्डु टुडे २०७९ भदौ २८ गते ११:५८ मा प्रकाशित

एजेन्सी- कंगारुको हमलामा अस्ट्रेयिलयामा एक ७७ वर्षीय वृद्धको मृत्यु भएको छ । ती व्यक्तिले कंगारुलाई आफूले पाल्दै आएका थिए । 

पहिचान नभएको व्यक्तिलाई आइतबार दिउँसो आफन्तले पश्चिमी अस्ट्रेलियाको थोरै जनसंख्या भएको दक्षिणी सहर रेडमन्डको एउटा घरमा गम्भीर घाइते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । 

कंगारुले अस्ट्रेलियाली इतिहासमा ८६ वर्षपछि पहिलो पटक आक्रमण गरेको बताइएको छ ।

ती व्यक्तिलाई एक बिहानै कंगारुले आक्रमण गरेको बताइएको छ । उनको घरमा एम्बुलेन्सका कर्मचारी पुग्दा ती व्यक्तिको मृत्यु भइसकेको थियो । प्रहरीले कंगारुलाई गोली हानेर मारिदिएको थियो  ।

कंगारुलाई मानिसले पाल्तु जनावरको रूपमा राखेको हुन सक्ने अनुमान गरिएको छ ।  कंगारुको प्रजाति पहिचान नभए पनि पश्चिमी अस्ट्रेलियाको ‘ग्रेट साउर्दन’ क्षेत्रको भएको बताइएको छ ।२ दशमलब २ मिटर अग्लो कंगारुको तौल ७० किलोसम्म हुने गर्छ । 

अस्ट्रेलियाली सञ्चार माध्यमहरूका अनुसार यसअघि सन् १९३६ मा कंगारुको हमलामा मानिसको मृत्यु भएको थियो । 
 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us