बाबुराम भट्टराई पनि सत्ता गठबन्धनमा सामेल हुने

काठमाण्डु टुडे २०७९ साउन २४ गते १७:५८ मा प्रकाशित

काठमाण्डु, २४ साउन– पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई सत्ता गठबन्धनमा सहभागी गराउने प्रयास सुरु भएको छ ।

गठबन्धनमा सहभागी हुनेबारे छलफल गर्न भट्टराई र अर्का अध्यक्ष महेन्द्रराय यादव मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । केही दिनअघि मात्र उक्त पार्टीको पदाधिकारीसहित केन्द्रीय समिति टुंगो लागेको थियो ।

सत्ता गठबन्धनमा आवद्ध एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच यसअघि नै ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा तालमेलको सहमति भइसकेको छ ।

श्रोतका अनुसार सत्ता गठबन्धनमा सहभागी दलबीच नेपाल समाजवादी पार्टीलाई गठबन्धनमा सामेल गराउनेबारे सैद्धान्तिक सहमति भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us