दोहोरो अंकले बढ्यो नेप्से

काठमाण्डु टुडे २०७९ असार ३० गते १६:०० मा प्रकाशित

काठमाण्डु, ३० असार– सेयर बजार परिसूचक नेप्से बिहीबार दोहोरो अंकले बढेको छ ।
नेप्से १४।७१ बढेर २००१.५३ बिन्दुमा पुगेको छ । बिहीबार दिनभरजसो नेप्सेमा तीव्र उतारचढाब भएको थियो । गत साता दुई हजारबाट झरेको नेप्से फेरि पुरानै बिन्दुमा पुगेको छ । कारोबारमा आएकामध्ये निर्जिवन बीमा र होटल तथा पर्यटन समूहबाहेक सबैको सूचक हरियाली भएको छ ।
हाइड्रोपावर उपसूचकको सूचक सबैभन्दा धेरै २।०४ प्रतिशतले वृद्धि भएको छ ।

बिहीबार १ सय ८२ कम्पनीका २ अर्ब ४१ करोड १८ लाखको कारोबार भएको छ । १ सय १६ कम्पनीको सेयरमूल्य बढेको छ भने ५५ कम्पनीको घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
कारोबारमा आएकामध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ३० करोड १९ लाखको सेयर किनबेच भएको छ । यस्तै अपर तामोकोशी हाइड्रोपावरको १४ करोड १४ लाखको कारोबार भएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर मूल्यमा सर्वाधिक ७।१४ प्रतिशतले वृद्धि भएइको छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा भने सर्वाधिक ५।०१ प्रतिशतले गिरावट आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us