दक्षिण सुडान चरम भोकमरीको चपेटामा

काठमाण्डु टुडे २०७१ असार १९ गते ४:०० मा प्रकाशित

south sudanकाठमाण्डु, १९ असार– हिंसा ग्रस्त अफ्रिकी मुलुक दक्षिण सुडानमा चरम भोकमरीको खतरा बढेको छ ।
संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमका अनुसार आगामी महिनाबाट करिब ४० लाख मानिसले चरम खाद्यान्न संकट ब्यहोर्नुपर्नेछ । अधिकारीहरुले भोकमरी हुन नदिन राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायमा अपिल गरेका छन् ।
राष्ट्रपति साल्भा किर र अपदस्थ उपराष्ट्रपति रेक मचार पक्षबीच द्वन्द्व चर्किएसँगै चरम खाद्यान्न अभाव देखिएको हो । द्वन्द्व बढ्दै जाँदा हालसम्म हजारौंको ज्यान गएको छ भने लाखौं मानिस घरबार छाडेर विस्थापित भएका छन् ।

मचारले सत्ता पल्टाउने कोसिस गरेको आरोपमा राष्ट्रपति किरले अपदस्थ गरेपछि द्वन्द्व चर्किएको हो । दक्षिण सुडानमा राष्ट्रपतिले बहुसंख्यक जाति र उपराष्ट्रपतिले अल्पसंख्यक जातिको प्रतिनिधित्व गर्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us