
काठमाण्डु, २ असार– साताको पाँचौ दिनमा नेपाली बजारममा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो।
बिहीबार तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ पुगेको छ।
यसअघि बुधबार भने छापावाल सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ प्रतितोला थियो। तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ थियो।
बिहीबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ। तोलामा २० रुपैयाँले बढेर बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँ पुगेको छ। यसअघि बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँ थियो।