ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जर सम्झौता

काठमाण्डु टुडे २०७९ असार २ गते १२:२२ मा प्रकाशित

काठमाण्डु, २ असार– ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जरको सम्झौता पत्रमा हस्ताक्षर भएको छ। दुई बैंकबीच बिहीबार होटल याक एण्ड यतिमा मर्जर सम्झौतामा हस्ताक्षर भएको हो ।

मर्जर सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाडौंका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us