
काठमाण्डु, १ असार– साताको चौथो दिन आज बुधबार पनि नेपाली सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । आज सेयर बजारमा करिब ३० अंकको गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २९.८९ अंकले घटेर १९६६.३७ बिन्दुमा झरेको छ । नेप्से १.५० प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.६० अंकले घटेर ३७८.९० विन्दुमा झरेको छ ।
कूल २२९ वटा कम्पनीको ४१ लाख ८२ हजार ३ सय ६९ कित्ता सेयर खरिदबिक्री भएको एक अर्ब ४९ करोड १७ लाख ५८ हजार ८ सय १७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । आज सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।