
काठमाण्डु, १ असार– साताको चौथो दिन आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको यथावत छ। आज सुन प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
यसर्थ, अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ६ सय रुपैयाँ घटेको हो। केही दिन यता सुनको मूल्यमा गिरावट देखिएको छ। यो साताको पहिलो दिन आइतबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार भने ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन समेत चाँदी सोही मूल्यमा कारोबार भएको थियो।