बजेट निर्माणमा जिम्मेवार पदाधिकारीहरुबाहेक अरु कसैको सहभागिता छैनः अर्थ मन्त्रालय

काठमाण्डु टुडे २०७९ जेठ ३१ गते १४:०७ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– अर्थ मन्त्रालयले अर्थमन्त्री जनार्दन शर्माको विषयमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । अन्नपूर्ण पोष्ट दैनिकले जेठ ३० गते ‘मध्यराति बजेटमा जान चुकुल लाग्यो‘’ विषयमा समाचार छापेको थियो । उक्त विषयमा मन्त्रालयले विज्ञप्तिमार्फत प्रष्टीकरणसहित ध्यानाकर्षण गराएको हो ।

अर्थ मन्त्रालयले २०७८ चैत १ गतेदेखि नै औपचारिक रुपमा बजेट तथा कार्यक्रमका विषयमा क्षेत्रगत छलफल, विज्ञहरु तथा अन्य सरोकारवाला निकायसँग परामर्शरअन्तक्रिया प्रारम्भ गरेको, मन्त्रालयका सहसचिवको नेतृत्वमा बजेट मस्यौडा समिति गठन गरेको तथा सर्वसाधारणको प्रतिक्रिया, सुझावहरु संकलन सुरु गरेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us