शुक्रबार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७९ जेठ २७ गते १३:३१ मा प्रकाशित

काठण्डु, २७ जेठ– साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले ओरालो लागेको छ ।

अघिल्लो दिन ९८ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ३०० रुपैयाँले घटेर ९७ हजार ७०० रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ३०० रुपैयाँले नै घट्दै ९७ हजार २०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज अघिल्लो दिनको मूल्यमा तोलामा १५ रुपैयाँले घट्दै १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us